बैतडीमा भएको बस दुर्घटनामा निवर्तमान प्रअ चन्दको निधन

बैतडीमा भएको बस दुर्घटनामा निवर्तमान प्रअ चन्दको निधन


  • जनसञ्चार डट कम संवाददाता
  • शनिबार, ६ असार २०८३
  • 1.5K
    Shares

काठमाडौँ, ६ असार २०८३।

बैतडीमा भएको बस दुर्घनामा भुमेश्वर मावि पाटन नगरपालिका- ४ ठाडका निवर्तमान प्रधानाध्यापक बिरेन्द्र बहादुर चन्दको निधन भएको छ ।

दशरथचन्द नगरपालिका–४ स्थित दशरथचन्द राजमार्गमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

जिल्लाको दशरथचन्द नगरपालिका–६ का ३५ वर्षीय चन्द बिद्यालय पढाएर शनिबार र आईतबार बिदाका लागि बसमा घर जाने समयमा उनको दुर्घटनामा मुत्यु भएको प्रहरीले जनाएको छ । कलिलो उमेरमा पूर्वसहकर्मी शिक्षकको मृत्यु भएको खबरले मर्माहत एबम् स्तब्ध बनाइएको शिक्षक देवसिह ठगुन्नाले सामाजिक सञ्जालमा लेखेका छन् ।

सोहि दुर्घटनामा घाइते भएका १० जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरूमा दशरथचन्द नगरपालिका–४ का २७ वर्षीया लक्ष्मी ऐरी, सोही ठाउँका आठ वर्षीय हेमविक्रम जोशी, ६० वर्षीया पूर्णदेवी जोशी, २२ वर्षीया पूजा कार्की, दशरथचन्द नगरपालिका–२ देहीमाण्डौ बस्ने २० वर्षीया ललिता लावड, ३२ वर्षीया जानकी लावड, सोही नगरपालिका–८ बस्ने विजयसिंह थापा, वडा नं. ६ बस्ने ३० वर्षीया लक्ष्मी साउद, वडा नं. ५ बस्ने ५२ वर्षीय कर्णदेव भट्ट र पाटन नगरपालिका–९ का ३५ वर्षीय कविराज भट्ट रहेका छन् ।

दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया