नापी कार्यालय चाबहिलका अमिन ६० हजार रुपैयाँ घुससहित पक्राउ

नापी कार्यालय चाबहिलका अमिन ६० हजार रुपैयाँ घुससहित पक्राउ


  • जनसञ्चार डट कम संवाददाता
  • मंगलबार, २ असार २०८३
  • 912
    Shares

पोखराम २ असार २०८३।

काठमाण्डौको चाबहिलस्थित नापी कार्यालयको २ नम्बर नापी टोलीमा कार्यरत अमिन टोपजङ खत्री सेवाग्राहीसँग घुस लिंदालिंदै पक्राउ परेका छन्।

अख्तियारको टोलीले अमिन खत्रीलाई बुधबार काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकालवारी क्षेत्रबाट सेवाग्राहीसंग घुस लिंदालिंदै पक्राउ गरेको हो।

सेवाग्राहीको जग्गा हालसाविक गरी जग्गाधनी प्रमाणपूर्जा बनाइदिने भन्दै अमिन खत्रीलाई ४० हजार रुपियाँ घुस लिंदालिंदै पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ।

अख्तियारले घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइएको जनाएको छ। सार्वजनिक सेवामा रहेका कर्मचारीले सेवाग्राहीसँग आर्थिक लाभ लिनु भ्रष्टाचारजन्य कसुर अन्तर्गत पर्ने भएकाले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने आयोगले जनाएको छ।

प्रतिक्रिया