हावाहुरीकाकारण फेवातालमा फँसेका दुई भारतीय पर्यटकको सशस्त्र प्रहरीद्वारा उद्धार

हावाहुरीकाकारण फेवातालमा फँसेका दुई भारतीय पर्यटकको सशस्त्र प्रहरीद्वारा उद्धार


  • जनसञ्चार डट कम संवाददाता
  • मंगलबार, २ असार २०८३
  • 1.7K
    Shares

हावाहुरीकाकार बोट पल्टिएर फेवातालमा अलपत्र दुई भारतीयको उद्धार पल्तिएर

 पोखरा, २ असार २०८३।

हावाहुरीकाकारण फेवातालमा फँसेका दुई जना भारतीयहरुको सशस्त्र प्रहरीका उद्धार टोलीले उद्धार गरेका छन।

पोखराको फेवातालमा हावाहुरीका कारण बोट पल्टिँदा दुई जना भारतीय पर्यटकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

मंगलबार साँझ अचानक आएको हावाहुरी र पानीको छालका कारण फेवातालमा रहेका दुईवटा सर्फेस बोट पल्टिएका थिए। बोट पल्टिएपछि तालमा अलपत्र परेका भारतका ४० वर्षीय धीरज कोरवाल र ३५ वर्षीय विकास कोरवाललाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो।

पोखरा महानगरपालिका–६ लेकसाइडस्थित फेवातालमा साँझ ६ बजेर १५ मिनेटतिर उक्त घटना भएको थियो। नेपाल भ्रमणका क्रममा पोखरा आएका उनीहरू बोट दुर्घटनामा परेका थिए।

फेवा वाच एण्ड रेस्क्यु टावरमा खटिएको सशस्त्र प्रहरीको टोलीले तत्काल उद्धार अभियान सञ्चालन गरेको थियो। सशस्त्र प्रहरी सहायक निरीक्षक राजु थापाको कमाण्डमा रहेको १० सदस्यीय विपद् व्यवस्थापन टोली उद्धारमा परिचालन भएको थियो।

उद्धार टोली सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिका कास्कीबाट खटिएको जनाइएको छ। हावाहुरी र ठूलो छालका कारण बोट पल्टिएपछि पर्यटकहरू पानीमा परेका थिए। समयमै उद्धार टोली पुगेपछि ठूलो दुर्घटना हुनबाट जोगिएको छ।

उद्धार गरिएका दुवै पर्यटकको अवस्था सामान्य रहेको र उनीहरूलाई सुरक्षित स्थानमा पुर्‍याइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया