खाँदबारी कारागारमा दुई कैदीको हत्या प्रकरण : सात प्रहरी र आठ कैदी दोषी ठहर सबैलाई जन्मकैदको फैसला

खाँदबारी कारागारमा दुई कैदीको हत्या प्रकरण : सात प्रहरी र आठ कैदी दोषी ठहर सबैलाई जन्मकैदको फैसला


  • पोखरा, २ असार २०८३।
  • मंगलबार, २ असार २०८३
  • 1.1K
    Shares

पोखरा, २ असार २०८३।

सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदीको मृत्यु भएको घटनामा जिल्ला अदालत सङ्खुवासभाले १५ जनालाई जन्मकैदको फैसला सुनाएको छ। अदालतले घटनामा संलग्न सात जना प्रहरी र आठ जना कैदीबन्दीलाई जन्मकैद सजाय तोकेको हो।

जिल्ला अदालत सङ्खुवासभाका न्यायाधीश राजकुमार कोइरालाको इजलासले सोमबार मुलुकी अपराध संहिता २०७४ को दफा १७१ (१) अनुसार कसुर ठहर गर्दै उनीहरूलाई जन्मकैदको फैसला सुनाएको अदालतका श्रेस्तेदार उज्ज्वल न्यौपानेले जानकारी दिए।

अदालतले मुलुकी अपराध संहिताको दफा १८६ बमोजिम मृतकका परिवारलाई क्षतिपूर्ति भराउने आदेशसमेत दिएको छ। जसअनुसार प्रतिवादीबाट जनही ५० हजार रुपैयाँका दरले मृतकका नजिकका हकदारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्नेछ।

२०८० साउन २४ गते जिल्ला कारागार खाँदबारीमा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो।

अनुसन्धानका क्रममा कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको आरोपमा नियन्त्रणमा लिएका उनीहरूलाई सुरक्षाकर्मीले सुरुमा कुटपिट गरेको र त्यसपछि अन्य कैदीबन्दीले समेत सामूहिक रूपमा कुटपिट गर्दा मृत्यु भएको खुलेको थियो।

घटनापछि सात जना प्रहरी र आठ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको थियो। सात जना प्रहरीलाई धनकुटा कारागार र आठ जना कैदीलाई तेह्रथुम कारागार पठाइएको थियो।

जन्मकैद सजाय पाउने प्रहरीतर्फ प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो र सुरक्षा गार्ड नुसन राईलगायत रहेका छन्।

त्यस्तै कैदीतर्फ चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई, मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेलाई समेत जन्मकैद सजाय सुनाइएको छ।

भाग्न खोजेको आरोपपछि कुटपिट

अनुसन्धानअनुसार, कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै ती दुई कैदीलाई नियन्त्रणमा लिएर सुरुमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गरेका थिए। सोही कुटपिटका कारण दुवै कैदीको मृत्यु भएको तथ्य अनुसन्धानबाट खुलेको थियो।

दोषी ठहर भएका प्रहरी र कैदीहरू

फैसलाअनुसार सात जना प्रहरी र आठ जना कैदीलाई दोषी ठहर गरिएको छ।

दोषी ठहर भएका प्रहरीहरूमा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो र सुरक्षा गार्ड नुसन राई रहेका छन्।

त्यस्तै, दोषी ठहर भएका कैदी तथा कैदी नेतृत्वकर्तामा चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई, मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरे रहेका छन्।

२०८० साउन २४ गते भएको उक्त घटनामा मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कारागारभित्रै सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको थियो।

घटनापछि गरिएको अनुसन्धान तथा अदालती प्रक्रियामा उनीहरूको संलग्नता पुष्टि भएपछि अदालतले १५ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो।

प्रतिक्रिया