बयान दिन गएका राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा : बयान जारी

बयान दिन गएका राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा : बयान जारी


  • जनसञ्चार डट कम संवाददाता
  • मंगलबार, २ असार २०८३
  • 874
    Shares

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, tirtharaj aryal

पोखरा, २ असार २०८३।

बयान दिन गएका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगाको अनुसन्धान टोलीले आफ्नो नियन्त्रणमा लिएको छ।

राहदानी छपाइसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता तथा भ्रष्टाचार भएको आरोप लागेका महानिर्देशक अर्याल आज काठमाण्डौको टंगालस्थित केन्द्रीय कार्यालयमा बयान दिन गएका बेला अख्तियारको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो। मंगलबार बिहान नियन्त्रणमा लिइएका अर्यालसँग हाल आयोगको कार्यालय टंगालमा बयान लिइरहेको स्रोतले जनाएको छ।

राहदानी छपाइसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता तथा भ्रष्टाचार भएको आरोपमा अख्तियारले अनुसन्धान गरिरहेको छ। सोही प्रकरणसँग सम्बन्धित कागजात यसअघि नै विभागबाट नियन्त्रणमा लिइसकिएको र ती कागजातको अध्ययनपछि अर्यालसँग बयान प्रक्रिया अघि बढाइएको बताइएको छ।

यसैबीच, अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले कार्यालयमा बयान दिने र जाने प्रक्रिया नियमित हुने भएकाले आज को–को बयानका लागि उपस्थित छन् भन्ने विवरण तत्काल उपलब्ध नरहेको प्रतिक्रिया दिएका छन्।

उनका अनुसार अनुसन्धान जारी रहेका विषय सार्वजनिक गर्न नमिल्ने भएकाले हाल भइरहेका बयान तथा अनुसन्धानको विस्तृत जानकारी दिन नसकिने स्थिति छ।

प्रतिक्रिया