अतिक्रमण हटाउने नाममा भीरबाट टेम्पो पल्टाउने १० जना पक्राउ

अतिक्रमण हटाउने नाममा भीरबाट टेम्पो पल्टाउने १० जना पक्राउ


  • जनसञ्चार डट कम संवाददाता
  • आइतबार, ३१ जेष्ठ २०८३
  • 2.1K
    Shares

पोखरा, ३१ जेठ २०८३।

 कैलालीमा भीरबाट टेम्पो पल्टाउनेहरु १० जना पक्राउ परेका छन् । बन अतिक्रमण हटाउने नाममा कैलालीको गोदावरी नगरपालिका-४ गाईबाँधेमा भीरबाट टेम्पो पल्टाएको भन्दै १० जनालाई प्रहरीले ओअक्राउ गरेको हो।

टेम्पो पल्टाउने कार्यमा संलग्न १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एक प्रहरी अधिकारीले पुष्टि गरेका छन् । 

ती अधिकारीका अनुसार उनीहरुलाई पक्राउ गर्न आइतबार बिहानैदेखि प्रहरी परिचालन गरिएको थियो । अतिक्रमण हटाउने क्रममा डिभिजन बन कार्यालयका कर्मचारीसहितले भीरबाट टेम्पो गुल्टाएका थिए ।

भीरबाट टेम्पो गुल्टाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सो कार्य गलत भएको भन्दै सरकारी अधिकारीहरुले नै प्रश्न उठाएका थिए । घटनाबारे थप अनुसन्धान गर्ने र कानून अनुसार हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया