हिमाल पारिको जिल्ला मनाङमा घुस लिंदालिंदै मालपोतका सुब्बा पक्राउ

हिमाल पारिको जिल्ला मनाङमा घुस लिंदालिंदै मालपोतका सुब्बा पक्राउ


  • जनसञ्चार डट कम संवाददाता
  • शनिबार, ३० जेष्ठ २०८३
  • 2.7K
    Shares

मनाङमा मालपोतका सुब्ब्सा घुस लिंदा लिंदै पक्राउ

पोखरा३० जेठ २०८३।

भुमि प्रशासन कार्यालय, मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज कण्डेल घुस लिएको आरोपमा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार कण्डेलले सेवाग्राहीबाट घुसस्वरूप ४० हजार रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ परेका हुन्। पक्राउ गर्दा उनको साथबाट घुस रकम ४० हजार रुपैयाँका साथै स्रोत नखुलेको २१ हजार ७० रुपैयाँ समेत बरामद गरिएको छ।

उनीलाई मिति २०८३ जेठ ३० गते नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

प्रतिक्रिया