नेपाल प्रहरीमा चार जना डीआईजीहरुको सरुवा

नेपाल प्रहरीमा चार जना डीआईजीहरुको सरुवा


  • जनसञ्चार डट कम संवाददाता
  • शनिबार, ३० जेष्ठ २०८३
  • 4K
    Shares

पोखरा, ३० जेठ २०८३।

नेपाल प्रहरीमा चार प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । गृहमन्त्री सुधन गुरुङले शुक्रबार राती यो निर्णय गरेका हुन् ।

सरुवा सूचीअनुसार, डीआईजी सानुराम भट्टराईलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी दिइएको छ । यसैगरी, ओम अधिकारीलाई मधेस प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।

हाल मधेस प्रदेशमा कार्यरत डीआईजी गोविन्द थपलियालाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा कार्यरत डीआईजी ओम रानालाई प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा ल्याइएको छ ।

प्रतिक्रिया