प्रम बालेन शाह भेटे लगत्तै रबि लामिछानेले बोलाए सर्वदलीय बैठक

प्रम बालेन शाह भेटे लगत्तै रबि लामिछानेले बोलाए सर्वदलीय बैठक


  • जनसञ्चार डट कम संवाददाता
  • सोमबार, २५ जेष्ठ २०८३
  • 1K
    Shares

पोखरा, २५ जेठ २०८३।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन्। पाँचदिने भारत भ्रमण सकेर स्वदेश फर्किएर प्रधानमन्त्री बालेन शाह भेटे लगत्तै सामसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका हुन्।

बैठक जेठ २५ गते बिहान ९ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बस्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

उनका अनुसार बैठकमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्षरसभापतिसहित दुईजना सहभागी हुन आमन्त्रण गरिएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भारतले मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदन अवरुद्ध गर्दै आएका छन्। प्रतिनिधिसभा जेठ २५ गते र राष्ट्रियसभाको बैठक जेठ २६ गते बोलाइएको छ।

विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहले संसद्मा आएर माफी माग्नु पर्ने र प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन्। उनीहरूले माग पूरा नभएसम्म संसद् बैठक चल्न नदिने जनाएका छन्। लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सो विषयमा पनि छलफल हुने छ।

प्रतिक्रिया