काठमाडौँ, २२ जेठ २०८३।
जिल्ला प्रशासन कार्यालय कास्कीमा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ)का रुपमा गृह मन्त्रालयबाट सहसचिव कुमानसिंह गुरुङ आउने भएका छन्।
गृह मन्त्रालयले आज १३ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडिओ) परिवर्तन गर्दा गुरुङ कास्कीको नयाँ सिडिओका रुपमा सरुवा भएका छन्। हाल कास्कीमा रहेकी सिडिओ रुद्रादेवी शर्मा भने धनकुटामा सिडिओको रुपमा सरुवा भएकी छिन।
स्याङजामा गृह मन्त्रालयबाटै निराजन घिमिरे नयाँ सिडिओको रुपमा सरुवा हुँदा त्याहाँ कार्यरत इश्वरी प्रसाद अर्याल जिल्ला प्रशासन कार्यालय संखुवासभामा सरुवा भएका छन्।
शुक्रबारकाे गृहमन्त्रीस्तरीय निर्णयबाट १३ जिल्लाका सीडीओ परिवर्तन गरिएको छ । मन्त्रालय अन्तर्गतका पाँच महाशाखा र विभागमा पनि सहसचिव परिवर्तन भएका छन् ।
