रवि लामिछानेको भारत भ्रमण र ओझेलमा परेको सीमा विवादको एजेन्डा

रवि लामिछानेको भारत भ्रमण र ओझेलमा परेको सीमा विवादको एजेन्डा


  • ओम हमाल
  • शुक्रबार, २२ जेष्ठ २०८३
  • 1.8K
    Shares

काठमाडौँ, २२ जेठ २०८३।

पांच दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेको भ्रमण टोलीले भारतमा उच्चस्तरीय भेटघाट सकेर धार्मिक भ्रमणका क्रममा अयोध्या पुगेका छन्।

झन्डै दुई – तिहाई बहुमत प्राप्त पार्टी रास्वपाको पार्टी सभापति रहेका लामिछाने पूर्व उपप्रधान एबम गृहमन्त्री हुन् र उनको भारत भ्रमणका क्रममा उनले भारतसंग नेपाली सिमा मिचिएको बारे चर्को आवाज उठाउने धेरैले अपेक्षा गरेका थिए। तर भारतीय प्रम नरेन्द्र मोदीले लामिछानेलाई उच्च सम्मान दिएर अल्मल्याई सीमा बिबाद बारे कुरा राख्ने मौका नै नदिएको समाचार स्रोतहरुले जानकारी दिएका छन्। अद्यापि लामिछाने निकट नेता एबम प्रतिनिधी सभाका सांसद दिपक बोहराले नेपाली प्रतिनिधि मण्डलसंगको कुराकानीका क्रममा मोदीले आफु समग्र बिषयमा कुरा गर्न तयार रहेको बताएको जानकारी दिए। नेपाल – भारतबीचका हाइड्रो , ब्यापार , एयरपोर्ट, सीमा लगायतका समग्र बिषयमा छलफल गर्न आफु तयार रहेको बताएका मोदीले छलफल गर्नुपर्ने विषयका सूचीहरु दिन भनेको नेता बोहराले जानकारी दिए।

सीमा बिबादको बिषयमा खासै कुरा नगरेको भए पनि मोदीले लामिछानेसँग विकास कूटनीतिको नयाँ युग, कनेक्टिभिटी र डिजिटल करिडोर, पारस्परिक विश्वास र साझेदारी, ‘छिमेकी पहिलो’ नीति र उपहार र सांस्कृतिक सम्बन्धमा बिस्तृत व्ह्हल्फल गरेको बताइएको छ।


भारतीय जनता पार्टी (भाजपा) को मैत्रीपूर्ण निमन्त्रणामा दिल्ली पुगेका लामिछाने र प्रम मोदीबीच बुधबार करिब एक घण्टा लामो छलफल भएको थियो ।

नेपालमा सीमा सम्बन्धी विषय र प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको संसद् वक्तव्यले राजनीतिक तरङ्ग ल्याइरहेका बेला भएको यस भ्रमणमा सीमा अतिक्रमणको एजेन्डा उठ्ने आम नागरिकको अपेक्षा थियो। तर, कूटनीतिक स्रोत र संयुक्त ब्रिफिङका अनुसार उक्त भेटवार्तामा नेपाल–भारत सीमा विवाद वा अतिक्रमणको विषयमा कुनै औपचारिक छलफल भएन।

सीमा विवादबारे भारतको पुरानै अडान

लामिछानेको दिल्ली भ्रमण चलिरहँदा भारतीय विदेश मन्त्रालयले भने नेपाल-भारत सीमा विवादलाई दुई देशबीच रहेका स्थापित कूटनीतिक संयन्त्रमार्फत नै हल गरिनुपर्ने पुरानो अडान दोहोर्‍याएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार लामिछानेलाई भारतले नयाँ दिल्लीमा भव्य स्वागत (रेड कार्पेट) गरेर नयाँ राजनीतिक शक्तिहरूसँग सम्बन्ध विस्तार गर्ने नीति लिएको प्रस्ट देखिन्छ। यद्यपि, नेपालको राष्ट्रिय सरोकारको रूपमा रहेको सीमा र कालापानी-लिपुलेक जस्ता गम्भीर मुद्दाहरूमा भने यो भ्रमणले कुनै ठोस संवादको थालनी गर्न सकेन।

प्रधानमन्त्री मोदीसँगको भेटपछि सामाजिक सञ्जाल ‘एक्स’ मा सभापति लामिछानेले छलफल अत्यन्तै फलदायी र सकारात्मक रहेको उल्लेख गर्दै नेपाल र भारतले विगतका बाधाहरूलाई पार गर्न ‘विकास कूटनीति’ को नयाँ युगतर्फ अघि बढ्नुपर्ने कुरामा जोड दिएका छन् ।

भेटवार्तामा दुई देशबीचको साझा सांस्कृतिक सम्बन्ध, डिजिटल कोरिडोरको निर्माण, कनेक्टिभिटी (सम्पर्क सञ्जाल) र पारस्परिक विश्वास बढाउने विषयमा मात्र कुराकानी केन्द्रित रहेको रास्वपा पक्षले जनाएको छ।

भेटका क्रममा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएका छन्स। प्रत्युत्तरमा प्रम मोदीले आफू पनि नेपाल भ्रमण गर्न उत्सुक रहेको र चाँडै नेपाल आउने इच्छा व्यक्त गरेको भ्रमण दलमा सहभागी नेताहरूले बताएका छन्। प्रधानमन्त्री मोदीले पनि सामाजिक सञ्जालमा नेपाली भाषामै पोस्ट गर्दै नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न भारत उत्सुक रहेको सन्देश दिन खोजेका छन् ।

आफ्नो पांच दिने भ्रमण सकेर लामिछाने भ्रमण दल नेपाल आइपुग्ने लाग्दा नेपाल सरकारका पररास्ट्र मन्त्री शिशिर खनाल भारतिर लाग्दैछन। उनी भारत उड्ने लाग्दा नेपाल – भारतबिचको सिमा बिबाद समाधान गर्न नेपाल भारत दुबैले संयुक्त रुपमा गठन गरेको उच्च स्तरीय प्रबुद्ध समूहको प्रतिबेदनको चाबी उनलाई बुझाइएको छ। भारतमा हुँदा पररास्ट्र मन्त्री खनालले भारतसंग हुने वार्तामा सीमा बिबाद बारे आवज उठाउने धेरैको अपेक्षा छ। भारतीय प्रम नरेन्द्र मोदीले मागेको नेपाल – भारतबीच छलफल गर्नुपर्ने बिषयहरुको सूचीमा सीमा बिबाद पनि प्राथमिकताका साथ् राखिनु पर्ने आम जनमानसको बिश्वास छ। अद्यापि परराष्ट्र मन्त्री खनालले भारत भ्रमणमा सिमा बिबादको बिषय उठाउछन् कि उठाउदैनन, त्यो प्रतिक्षाको बिषय बनेको छ।

भारतले रास्वपाका सभापति रबि लामिछानेलाई गरेको सम्मानको स्तर हेर्दा उनी नेपाल आए लगत्तै सत्ता हेरफेरको खेल शुरु हुने हो कि भन्ने धेरैले आशंका गरेका छन्। लामिछानेको भारत भ्रमणसंगै नेपाली राजनीति र लामिछाने स्वयमको रस्वपा पार्टीमा समेत उथलपुथल आउने हो कि भनेर राजनीतिक वृत्तमा चिन्ता प्रकट गर्न थालिएको छ। यस उथलपुथलले वर्तमान सरकार आफ्नो सत्ता जोगाउन भारतसंगको सिमा बिबादको बिषय उठान नगर्ने त हैनन् ? सर्वत्र कौतुहलता देखिएको छ।

प्रतिक्रिया