हनिट्रयाप आरोप लागेकी चर्चित टिकटकर तुलसा अधिकारी थुनामा

हनिट्रयाप आरोप लागेकी चर्चित टिकटकर तुलसा अधिकारी थुनामा


  • जनसञ्चार डट कम संवाददाता
  • बिहिबार, २१ जेष्ठ २०८३
  • 1.3K
    Shares

ललितपुर, २१ जेठ २०८३।

, हनिट्रयापमार्फत एक व्यवसायीबाट करोडौँ रुपैयाँ असुलेको आरोप लागेकी टिकटकर तुल्सी अधिकारीलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

न्यायाधीश टेकनाथ गौतमको इजलासले बिहीबार अधिकारीलाई थुनामा राखेर मुद्दाको थप सुनुवाइ अघि बढाउन आदेश दिएको हो।

अधिकारीविरुद्ध आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भएको छ। उनीमाथि एक व्यवसायीबाट ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी रकम असुलेको अभियोग छ।

नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा उनलाई थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको थियो। यस प्रकरणमा अधिकारीसहित ९ जना व्यक्ति र एक व्यवसायिक संस्थालाई प्रतिवादी बनाइएको छ।

प्रतिक्रिया