काठमाडौं, २१ जेठ २०८३।
सशस्त्र प्रहरी बल (एपीएफ) को काठमाण्डौको ल्चोकस्थित मुख्यालय परिसरमा भएको आगलागीमा परेर नौ वटा सवारीसाधन जलेर नष्ट भएका छन्।
प्राप्त जानकारी अनुसार मुख्यालयभित्र पार्किङ गरेर राखिएका सवारीसाधनमा अचानक आगलागी भएको थियो। आगो फैलिँदै जाँदा नौ वटा गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएका हुन्। घटनापछि सशस्त्र प्रहरी, नेपाल प्रहरी र दमकलको टोलीले आगो नियन्त्रणमा लिएको थियो।
आगलागीबाट मानवीय क्षति भने नभएको जनाइएको छ। प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्ट वा अन्य प्राविधिक कारणले आगलागी भएको हुन सक्ने बताइए पनि यकिन कारण खुल्न बाँकी छ।
घटनास्थलमा क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ भने आगलागीको कारणबारे छानबिन सुरु गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
आगलागीबाट करोडौँ रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। विस्तृत विवरण आउन बाँकी रहेको छ।
सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकस्थित सवारी शाखामा आगलागी भएको छ।
गत शुक्रबार साँझ भएको आगलागीमा अतिरिक्त महानिरीक्षक चढ्ने एउटा गाडीसहित ९ वटा गाडी जलेको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ।
साँझ मोटरसाइकलबाट आगालागी सुरु भएको सशस्त्र प्रहरीले आशंका गरेपनि शंकास्पद देखिएको छ।
केही विद्युतीय गाडीमा क्षति पुगेको र आगो आधाघण्टाजतिमा नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रवक्ता विष्णुप्रसाद भट्टले बताए। उनले एआईजीको गाडी नजिकै रहेपनि क्षति नभएको दाबी गरेका छन्।