३३ जना एसएसपीहरुको एकैचोटी सरुवा (हेर्नुस सुची)

३३ जना एसएसपीहरुको एकैचोटी सरुवा (हेर्नुस सुची)


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १८ जेष्ठ २०८३
  • 2.4K
    Shares

नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले आज एकैपटक ३३ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)हरुको काज तथा सरुवा गरेको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालय, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पोखरामा कार्यरत एसएसपी तुलबहादुर कार्कीको महानगरीय प्रहरी परिसर ललितपुरको प्रमुखका रुपमा सरुवा भएको छ भने उनको स्थानमा लागू औषध नियन्त्रण ब्युरो काठमाण्डौका कृष्णप्रसाद कोइराला आउने भएका छन्।

नेपाल प्रहरी प्रदेश कार्यालय पोखरामा कोशी प्रदेश प्रहरी कार्यालय, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा बिराटनगरमा कार्यरत एसएसपी श्यामकृष्ण अधिकारी आउंदैछन्। हाल नेपाल प्रहरी प्रदेश कार्यालय पोखरामा कार्यरत एसएसपी केदार खनालले उमेर हदकाकारण अवकाश पाएका छन्।

गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरामा सन्जयसिंह थापा , जिल्ला प्रहरी परिसरमा दिलिप घिमिरे सरुवा भएका छन्।

प्रतिक्रिया