पोखरा , १६ जेठ २०८३।
नेकपा (एमाले)ले ‘अन्तर पार्टी निर्देशन–२’ जारी गरेको छ।
शुक्रबार जारी ४६ पेज लामो अपानीमा मुलुकमा विकसित राजनीतिक घटनाक्रमको विश्लेषणसहित पार्टीका २९९ जना केन्द्रीय सदस्यहरूको कार्य विभाजनको विषय समेटिएका छन्।
एमालेले केन्द्रदेखि पालिका तहसम्मै नेताहरूको जिम्मेवारी बाँडफाँट गरेको छ। अपानीमा संगठन सुदृढिकरणको लागि ‘मिसन पार्टी जागरण’ अभियान सञ्चालन गर्ने निर्णयसहितका विषय छन्।
अपानीमा अध्यक्ष केपी शर्मा ओलीको पक्राउ र रिहाइको विषय, मुलुकमा विकसित राजनीतिक घटनाक्रमको विश्लेशण, नेताहरूको कार्य विभाजनसँगै सचिवालय बैठकका निर्णयहरू समेटिएका छन्।
एमालेले आगामी निर्वाचन र पार्टी सुदृढीकरणलाई ध्यानमा राख्दै अध्यक्ष ओलीसहितका पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मलाई भूगोल र विभागको जिम्मेवारी तोकेर अपानी जारी गरेको हो।
अपानी अनुसार पार्टी अध्यक्ष ओलीले समग्र पार्टी कामको नेतृत्व गर्नेछन् भने उपाध्यक्षहरूलाई विभिन्न विभाग र क्षेत्रको समन्वय गर्ने जिम्मेवारी तोकिएको छ।
त्यसैगरि महासचिव शंकर पोखरेललाई पार्टीको सङ्गठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको छ।
हेर्नुहोस् ‘अन्तर पार्टी निर्देशन–२’को पूर्णपाठ