दुर्गा प्रसाईलाई आइतबारभन्दा बढी समय हिरासतमा नराख्न सर्बोच्च अदालतको आदेश

दुर्गा प्रसाईलाई आइतबारभन्दा बढी समय हिरासतमा नराख्न सर्बोच्च अदालतको आदेश


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ८ जेष्ठ २०८३
  • 1.4K
    Shares

पोखरा,८ जेठ २०८३।

सर्वोच्च अदालतले नागरिक बचाउ अभियानका अध्यक्ष एबम मेडिकल व्यवसायी दुर्गा प्रसाईंबिरुद्ध अन्तिम पटक आज चार दिनको म्याद थप गर्न जिल्ला अदालत पर्सालाई आदेश दिएको छ ।

आफुलाई गैरकानुनीरूपमा हिरासतमा राखेको भन्दै प्रसाईंको तर्फबाट दायर भएको बन्दी प्रत्येक्षीकरण मुद्दामा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलाशले त्यस्तो आदेश दिएको हो।

प्रसाईंलाई कार्यक्रमका लागि पर्सा पुगेका बेला प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेको छ। पछिल्लोपटक बिहीबार जिल्ला अदालत पर्साले प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।

जिल्ला अदालत पर्साले प्रसाईंलाई बिहीबार चार दिन हिरासतमा राख्न अनुमति दिएको अवस्थामा सर्बोच्च अदालतले हिरासतमा राख्न अब म्याद थप नगर्न आदेश दिएको छ। उक्त म्यादभित्र अनुसन्धान सकिए पनि नसकिए पनि हिरासतमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको हो। प्रसाईलाई यसअघि तीन दिन हिरासतमा राखिसकिएको छ।

वीरगञ्जको होटल सिद्धार्थ दियालोमा पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिलाई लिएर उनीमाथि साइबर अपराध र राज्यविरुद्धको कसुरमा जरुरी पक्राउ पुर्जी दिएर प्रसाईंलाई जेठ ४ गते बेलुका पक्राउ गरेको थियो। जेठ ५ गते पर्सा जिल्ला अदालतले पहिलो पटक ३ दिनको अनुमति दिएको थियो। जेठ ७ गते दोस्रो पटक चार दिनको म्याद थप गरिएको छ।

तर प्रसाईं घाँटीको क्यान्सर रोगबाट पीडित भई उपचाररत रहेको र नियमितरूपमा स्वास्थ्य जाँचका लागि चिकित्सकको परामर्श एवम् अनुगमनमा जानुपर्ने अवस्था समेत रहेको अदालतको आदेशमा उल्लेख छ।

प्रसाईं भागीजाने अवस्थासमेत नदेखिएको भन्दै दोस्रो पटक थपिएको म्यादभित्र अनुसन्धान सम्पन्न भए सोहीअनुसार र नभए बाहिर राखी अनुसन्धान गर्न परमादेश जारी गरेको हो।

प्रतिक्रिया