‘न्यून गुणस्तर’को डाबर हनी बिक्री वितरण नगर्न र तत्काल बजारबाट फिर्ता गर्न आदेश

‘न्यून गुणस्तर’को डाबर हनी बिक्री वितरण नगर्न र तत्काल बजारबाट फिर्ता गर्न आदेश


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ७ जेष्ठ २०८३
  • 1.1K
    Shares

डाबर हनी, dabour honey

पोखरा , ७ जेठ २०८३।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपाल प्रालिले उत्पादन गरेको डाबर हनी बिक्री वितरण नगर्न र तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ।

विभागले गरेको नमुना परीक्षणमा डाबर हनी न्यून गुणस्तरको भेटिएपछि डाबर हनी बिक्री वितरण नगर्न र तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको हो ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) को प्रावधान बमोजिम उक्त ब्याच नम्बरका सबै हनी बजारबाट तत्काल फिर्ता गर्न आदेश दिइएको विभागले जनाएको छ । त्यस्तै, विभागले म्याग्नेसियम ग्लाइसिनेट रहेका कुनै पनि खाद्य पदार्थको उत्पादन बिक्री वितरण नगर्न आग्रह गरेको छ । त्यस्तो खाद्य पदार्थ बिक्री वितरण गरिएको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने समेत विभागले जनाएको छ ।

प्रतिक्रिया