सुकुम्बासी तथा ब्यबस्थित बसोबासीहरुको ब्यबस्थापन ग्यारेन्टी गरेर मात्र पोखरा बसपार्क क्षेत्रका घरटहरा भत्काउन माग : अधिग्रहण भएको पुरै जग्गामा बसपार्क बनाइनुपर्नेमा जोड

सुकुम्बासी तथा ब्यबस्थित बसोबासीहरुको ब्यबस्थापन ग्यारेन्टी गरेर मात्र पोखरा बसपार्क क्षेत्रका घरटहरा भत्काउन माग : अधिग्रहण भएको पुरै जग्गामा बसपार्क बनाइनुपर्नेमा जोड


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ६ जेष्ठ २०८३
  • 532
    Shares

पोखरा , ६ जेठ २०८३।

पोखरामा आयोजित एक कार्यक्रमका सहभागी राजनीतिक नेताहरुले पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासी तथा ब्यबस्थित बसोबासीहरुको ब्यबस्थापन ग्यारेन्टी गरेर मात्र त्यस क्षेत्रका घरटहरा भत्काउन माग गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) जिल्ला संगठन कास्कीले मंगलबार पोखरा बसपार्क क्षेत्रमा नै आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा सहभागी राजनीतिक पार्टीका नेताहरुले त्यस्तो माग गरेका हुन्।

नेकपा कास्कीका जिल्ला सेक्रेटरी उमेश सिकेको अध्यक्षतामा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा त्यस्तो माग गर्ने राजनितिक दलहरुमा नेपाली कम्युनिष्ट पार्टी , श्रमिक संस्कृति पार्टी , क्रान्तिकारी कम्युनिष्ट पार्टी , प्रगतिशील लोकतान्त्रिक पार्टी, नेप्कपा (बहुमत) रहेका छन्। सोही क्रममा उनीहरुले पोखरा बसपार्क निर्माणका लागि २०३० सालमा अधिग्रहण गरिएको दुईसय पांच रोपनी जग्गामा नै बसपार्क बनाइनु पर्ने जोडदार माग गरे।

प्रतिक्रिया