लिचिघारी भ्रस्टाचार काण्ड : पुर्वमन्त्री गुप्तालाई थुनामा राख्ने बिशेषको आदेश सर्वाेच्चबाट बदर, धरौटीमा रिहा गर्न आदेश

लिचिघारी भ्रस्टाचार काण्ड : पुर्वमन्त्री गुप्तालाई थुनामा राख्ने बिशेषको आदेश सर्वाेच्चबाट बदर, धरौटीमा रिहा गर्न आदेश


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ५ जेष्ठ २०८३
  • 1.4K
    Shares

पोखरा , ५ जेठ २०८३।

पोखराको लिचीबारी जग्गा भ्रष्टाचार प्रकरणमा पूर्वसङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश सर्वाेच्च अदालतले बदर गरिदिएको छ ।

सर्वाेच्च अदालतका इजलाश नं. ७ का न्यायाधिश शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्ता इजलासले विशेष अदालतको आदेशलाई बदर गर्दै धरौटी माग गर्ने आदेश गरेको सर्वाेच्च अदालतका प्रवक्ता सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । उनले धरौटी माग गर्ने मंगलबार आदेश भएपनि लिखित आदेश नआएका कारण धरौटी कति माग गरिएको बारे बुधबार थाहा हुने वताए ।

यस अघि २०८२ पुस १६ गते विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइराला सम्मिलित इजलासले पूर्व मन्त्री गुप्तालाई थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । त्यसयता गुप्ता कारागारमा छन् । 

मन्त्री भएकै बेला उनले पोखराको विवादास्पद जग्गाको कारोबार मिलाउन बिचौीलयासँग कुराकानी गरेको अडियो सार्वजनिक भएपछि यस प्रकरणमा छानबिन अघि बढेको थियो। 

प्रतिक्रिया