मुस्ताङको लोमान्थाङ भन्सारद्वारा पांचसय ९२ कार्टुन विद्युतीय चुरोटसहित तीन जना पक्राउ

मुस्ताङको लोमान्थाङ भन्सारद्वारा पांचसय ९२ कार्टुन विद्युतीय चुरोटसहित तीन जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३ जेष्ठ २०८३
  • 1.6K
    Shares

पोखरा, ३ जेठ २०८३।

हिमाल पारीको जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ठूलो मात्रामा चाइनिज भेप (इलेक्ट्रिक चुरोट) सहित तीन जना पक्राउ परेका छन् ।

नेपाल र चीनको उत्तरी सीमास्थित कोरलास्थित लोमान्थाङ भन्सार कार्यालयले पाच सय ९२ कार्टुन भेप (विद्युतीय चुरोट)सहित तीन जनालाई पक्राउ गरेको हो।

कोरलानाकाबाट शंकास्पद रूपमा भन्सार छलेर ल्याइँदै गरेका दुई वटा ‘कन्टेनर’को तलासी गर्दा उक्त परिमाणमा भेप सहित तीन जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बलको कार्यालयले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा धादिङको धुनीबेशी नगरपालिका–१ बस्ने सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ बस्ने फुन्चुदोर्जे तामाङ र उनका साथी सोही गाउँपालिका–३ बस्ने पासाङ शेर्पा रहेका छन् ।

ना ६ ख ४७४३ र ना५ख ७९२१ नम्बरको कन्टेनरमा कोरोला नाका हुँदै काठमाडौंतर्फ ल्याउँदै गरेको भेप  सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नेचुङ, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको कन्टेनरमा भेपसहित दुइसय ५९ कार्टुन विभिन्न कम्पनीका जुत्ता, आठ बोरा मोजा, १५ बोरा लत्ताकपडा र १५ के.जी. खाली कार्टुन बक्स (सामान प्याक गर्ने प्रयोग गरिने बक्स) समेत रहेको छ ।

प्रतिक्रिया