दुई घण्टाको प्रयासपछि आगलागी नियन्त्रणमा

दुई घण्टाको प्रयासपछि आगलागी नियन्त्रणमा


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ जेष्ठ २०७४
  • 6.9K
    Shares

नेपालगन्जको धम्बोजी चोक नजिक रहेको एक पसलमा लागेको आगो करिब दुई घण्टाको अवधिमा निभाइएको छ ।
श्रेया इन्टरप्राइजेजमा भएको आगलागी नेपालगन्ज र कोहलपुरको दमकलको सहयोगमा निभाइएको बाँकेका प्रहरी प्रमुख टेकप्रसाद राईले जानकारी दिए । क्षतिको विवरण आइसकेको छैन ।

पंकज श्रेष्ठले सञ्चालन गरेको कार्पेट, फर्निचर लगायतको पसलमा बिहान करिब नौ बजेदेखि आगलागी सुरु भएको थियो । सञ्चालक श्रेष्ठले बन्द पसलमा एक्कासी आगलागी भएको बताए । आगोले आसपासका होटल लगायतमा क्षति पुर्‍याएको छ ।

नजिकैको होटलमा मान्छे रहेको आशंकामा प्रहरी उद्धारमा जाँदा एक प्रहरी घाइते भएका थिए । तालिम केन्द्रका घाइते प्रहरी निराजन विकको उपचार स्थानीय अस्पतालमा उपचार हुँदैछ ।
आगो विद्युत् सर्ट भएर लागेको आशंका गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार