पोखरा , ३१ बैशाख २०८३।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले काठमाण्डौको लैनचौरस्थित एनसेलको मुख्यालयमा छापा मारेको छ।
दूरसञ्चार प्राधिकरणको पत्र र छानबिन कार्यदलको प्रतिवेदनका आधारमा सीआईबीले काठमाण्डौको लैनचौरस्थित एनसेलको मुख्यालयमा छापा मारेको हो ।
विशेषगरी स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलामी प्रक्रियामा सहभागी भएको र शेयर खरिद-बिक्रीमा अनियमिता गरेको आरोपमा सिआईबीले अनुसन्धान थालेको समाचारस्रोतहरुले जानकारी दिएका छन्।
सीआईबीले एनसेलको मुख्यालयबाट आवश्यक कागजात नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।
गैरकानुनी रुपमा स्मार्ट टेलिकमको सामान लिलामी सकारेपछि एनसेल विवादमा मुछिएको छ । त्यसअघि शेयर बाँडफाँडसम्बन्धी विवादास्पद गतिविधिका कारण एनसेल अनुसन्धानको दायरामा आएको सिआईबी स्रोतले जनाएको छ ।
स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेष्टमेण्ट बैंकसँग मिलेर गैरकानुनी रुपमा सम्पत्ति लिलामी गरेपछि उक्त कम्पनीका अन्य विषयमाथि पनि अनुसन्धान अगाडि बढाइएको स्रोतले जनायो । ‘