नुवाकोटमा गोली हानेर दाजुभाइको हत्या!

नुवाकोटमा गोली हानेर दाजुभाइको हत्या!


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३० बैशाख २०८३
  • 1.9K
    Shares

पोखरा , ३० बैशाख २०८३।

नुवाकोटमा गोली हानेर दाजुभाइको हत्या भएको छ।

नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर ४ किम्ताङमा आज दिउसो स्थानिय समराज तामाङ र सुर्यमान तामाङको गोली हानेर हत्या भएको हो।

गाउँमा सामान्य विवाद हुँदा स्थानिय धने तामाङले बुधवार विहान १२ बजे उनीहरुलाई गोली प्रहार गरेको म्यागङ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष कमलबहादुर तामाङले जानकारी दिए ।

घटना भएको जानकारी पाउनासाथ प्रहरी घटनास्थल पुगि सकेको तर उनीहरुलाई गोली प्रहार गर्ने धने तामाङ फरार रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा मृतक दुबै जनाको शव समेत नभेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घटनास्थलमा धारीलो हतियार समेत भेटिएको बताइएको छ । स्थानियले बन्दुकको पड्किएको आवाज सुनेको बताएका छन् । 

प्रतिक्रिया