पाेखरा, २७ बैशाख २०८३ ।
राष्ट्रिय स्वत्नत्र पार्टी रास्वपाले पार्टीको बारा जिल्ला कमिटि बिघटन गरेको छ भने विभिन्न जिल्लाका १५ जना सदस्यहरुको सदस्यता पनि खारेज गरिएको छ ।
राष्ट्रिय स्वत्नत्र पार्टी रास्वपाको पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा आज भएको केन्द्रीय सचिवालय बैठकले त्यस्तो निर्णय गरेको हो।
पार्टीको सोही बैठकले मिलन पाण्डेलाई केन्द्रीय शिक्षा विभागको प्रमुखमा मनोनयन गरेको छ भने स्टार्ट–अप विभागको प्रमुखमा डाक्टर प्रभात अधिकारी आरएटी(र्यापिड एक्सन टिम) को केन्द्रीय विभाग प्रमुखमा बैकुण्ठ थापा (आशिष) मकवानपुर र उप–प्रमुखमा पूर्व डीआईजी (एपीएफ) विदुर खड्कालाई मनोनयन गरेको छ ।
यस्तै सचिवालय बैठकले कर्णाली प्रदेशको सह–महामन्त्रीमा राज बहादुर साह र अविसरा सुवेदीलाई मनोनयन गरेको छ।
यी हुन् बैठकका निर्णयहरू:
१. भेला तथा अधिवेशन विशेष तालिका स्वीकृत गर्ने निर्णय गरियो ।
२०८३ जेठ २: वडा भेला (समिति गठन नभएका वडाहरूमा)
जेठ ३: वडा अधिवेशन (वैशाख २० अगावै समिति गठन भएका वडा)
जेठ ९: पालिका भेला (समिति गठन नभएका पालिकाहरूमा)
जेठ १०: पालिका अधिवेशन (वैशाख २५ अगावै समिति गठन भएका पालिका)
जेठ १६: वडा अधिवेशन (जेठ ३ अगाडि गठन भएका बाँकी वडा)
जेठ १७: पालिका अधिवेशन (जेठ १० अगाडि समिति गठन भएका बाँकी पालिका)
जेठ २३ र २४: जिल्ला अधिवेशन .
२. विभिन्न तह, विभागबाट भएको सिफारिसको आधारमा तपसिल बमोजिम मनोनित गर्ने ।
क. RAT समन्वय विभाग प्रमुख श्री बैकुण्ठ थापा (आशिष) र उपप्रमुख श्री बिदुर खड्का (पूर्व एपीएफ डिआइजी)।
ख. स्टार्टअप विभाग प्रमुख डा प्रभात अधिकारी, सचिव श्री हरि जोशी।
ग. शिक्षा विभाग प्रमुख श्री मिलन पाण्डे ।
घ. कर्णाली प्रदेश सहममन्त्री श्री राजबहादुर शाह र श्री अविसरा सुवेदी
ङ. केन्द्रीय संगठन विभाग सदस्य श्री गोपाल प्याकुरेल (कर्णाली) ।
च. कञ्चनपुर जिल्ला सभापति श्री पदम बिष्ट।
३. प्रदेश समितिको सिफारिसको आधारमा बारा जिल्ला समिति विघटन गर्ने । जिल्ला अधिवेशनको तयारी गर्ने ।
४. पार्टी हित विपरीत कार्य गरेका विभिन्न जिल्लाका १५ जना सदस्यहरूको सदस्यता खारेजी गर्ने निर्णय गरियो।
५. पार्टी केन्द्रीय समितिको आगामी बैठक २०८३ वैशाख ३० गते आयोजना गर्ने ।
धन्यवाद ।