प्रधान न्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट

प्रधान न्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट


  • पाेखरा, २५ बैशाख २०८३ ।
  • शुक्रबार, २५ बैशाख २०८३
  • 1.2K
    Shares

पाेखरा, २५ बैशाख २०८३ ।

प्रधान न्यायाधीशमा डा.मनोजकुमार शर्मालाई सिफारिस गरेको भन्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता विपिन ढकाल र डा. प्रेमराज सिलवालले छुट्टाछुट्टै रिट पेश गरेका हुन्।

न्यायपालिकालाई कार्यपालिकाको मातहतमा ल्याउन खोजेकोले सोलाई बदर गरी पहिलो वरीयतालाई सिफारिस गर्नु भनी परमादेशको माग गर्दै रिट पेस गरेको वरिष्ठ अधिवक्ता त्रिपाठीले जानकारी दिए ।

उक्त रिटमा वरियता मिचेर गरिएको सिफारिस बदर गरी पहिलो वरियतामा रहेकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई प्रधानन्यायाधीश सिफारिस गर्न माग गरिएको छ।

चौथो वरीयताका व्यक्तिलाई सिफारिस गर्दा शक्ति पृथकीकरणको सिद्धान्त र न्यायिक स्वतन्त्रतामा गम्भीर आघात पुग्ने तथा न्यायपालिकालाई कार्यपालिकाको मातहतमा ल्याउन खोजिएको दाबी रिटमा गरिएको छ।

बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले सपना मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाललाई छाडेर डा. मनोज शर्माको नाम सिफारिस गरेको थियो।

हाल यो रिट सर्वोच्च प्रशासनमा पेस भएको छ, तर शुक्रबार दिउँसोसम्म दर्ता भइसकेको छैन। रिट दर्ता गर्ने वा नगर्ने (दरपिठ गर्ने) भन्ने विषयमा प्रक्रिया अघि बढ्दै गरेको समाचारस्रोतहरूले जानकारी दिएका छन्।

संवैधानिक परिषदको बिहिबार बसेको बैठकले चौथो वरियतामा रहेको न्यायाधीश डा.शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया