पेस्तोलधारी लुटेराहरुसंग प्रतिकार गर्ने यी हिम्मतिली महिला

पेस्तोलधारी लुटेराहरुसंग प्रतिकार गर्ने यी हिम्मतिली महिला


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २३ बैशाख २०८३
  • 1.1K
    Shares

पोखरा, २३ बैशाख २०८३।

पोखरा, २३ बैशाख २०८३।

दुई जना पेस्तोलधारीसंग भिड्दै गरेकी एक हिम्मतिली महिलाको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भैरहेको छ।

उक्त भिडियो बैशाख १७ गते दिउँसो काठमाण्डौको ईन्द्रचोक, भेडासिंहस्थित नैना एण्ड इशान ज्वेलरीमा भएको असफल लुटपाटको प्रयासको सिसिटिभी फुटेज भएको बताइएको छ।

दिउँसै उक्त ज्वेलरीमा पेस्तोल बोकेर छिरेका दुई लुटेराले सटर बन्द गरे लगत्तै उनीहरूले ज्वेलरी संचालिका वविता रौनियारलाई धम्क्याउने कोशिश गरेका थिए। ज्वेलरी संचालिका रौनियार उनीहरुले धम्क्याएकोमा डराउनुको सट्टा तुरुन्तै प्रतिकार गरिन्। उनले नजिकै रहेको कुर्सी उठाएर लुटेरामाथि बजार्न थालिन्। रौनियारको यस्तो आक्रामक रूप देखेपछि सातो गएका लुटेराहरू हतार-हतार सटर खोलेर भागेका बताइएको छ ।

अहिले सामाजिक सञ्जालमा यी युवतीको बहादुरीको चौतर्फी प्रशंसा भइरहेको छ। सीसीटीभी फुटेज हेर्दा जो कोही पनि उनको हिम्मत देखेर दंग पर्छन्।

यसैबीच प्राप्त जानकारी अनुसार , उक्त ज्वेलरीमा लुटपाट गर्न खोज्ने दुई युवा मध्ये एक जनालाई इमाडोलबाट पक्राउ गरेको छ। निरन्तरको अनुसन्धान पछि प्रहरीले काठमाण्डौको इमाडोलका २९ वर्षीय हरिकृष्ण महर्जनलाई पक्राउ गरेको हो। फरार अर्काको भने प्रहरीले अहिले पनि खोजि गरिरहेको छ।

प्रतिक्रिया