शेखर गोल्छालाई हिरासतमा राख्न अदालतले दिएन अनुमति : म्याद थप्न अस्वीकार

शेखर गोल्छालाई हिरासतमा राख्न अदालतले दिएन अनुमति : म्याद थप्न अस्वीकार


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २२ बैशाख २०८३
  • 1.2K
    Shares

पोखरा, २२ बैशाख २०८३।

काठमाडौं जिल्ला अदालतले घरानियाँ व्यवसायी शेखर गोल्छाको म्याद थप्न अस्वीकार गरेको छ ।

धितोपत्र र बीमासम्बन्धी गरेर दुइ अलग अलग मुद्दामा म्याद थपका लागि अदालतमा पुर्रयाइएकाेमा न्यायाशीध मोना सिंहको इजलाशले गोल्छाको म्याद थप गर्न अस्वीकार गरेकाे हो । उनलाइ प्रहरीकाे केन्द्रिय अनुसन्धन ब्युराे (सिअाइर्बी ) ले जिलला सरकारी वकिलकाे कार्यालयमार्फत म्याद थपका लागि अदालतमा पेश गरेकाे थियाे ।

उक्त आदेशमा भनिएको छ, ‘प्रतिवादी शेखर गोल्छालाई हिरासतमै राखी मुद्दाको अनुसन्धान गर्नुपर्नेसम्मको अवस्थाको विद्यमानता नदेखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (३) बमोजिम प्रतिवादीलाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद गर्न मिलेन ।’

यसअघि सोमबारमात्रै सर्वोच्च अदालतले धरौटी र जमानतको व्यवस्था हुँदाहुँदै किन थुनामा राखेर अनुसन्धान अघि बढाएको भनी धितोपत्र कसुरको अनुसन्धानमाथि प्रश्न उठाएको थियो ।

त्यतिबेला सर्वोच्च अदालतले बीमासम्बन्धी कसुरमा रिट निवेदनमा मागदाबी नभएको भन्दै केही बोल्न अस्वीकार गरेको थियो ।

सर्वोच्चको आदेश आउनासाथ सीआईबीले गोल्छालाई धितोपत्रसम्बन्धी कसुरको साटो बीमासम्बन्धी कसुरको आरोपमा अनुसन्धान अघि बढाइएको भन्दै रिहा गर्न मानेको थिएन । बीमासम्बन्धी कसुरमा म्याद थपका लागि अदालत लैजाँदा जिल्ला अदालतले म्याद थप्न अस्वीकार गरेको हो ।

प्रतिक्रिया