पोखरा, २२ बैशाख २०८३।
रोशीमा फसेको माइक्रोबसका यात्रुको उद्धार, डेढ सय बढी सवारी रोकिए
बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी खोलामा फंसेका ईभी माइक्रोबसका यात्रुको उद्धार गरिएको छ ।
सशस्त्र प्रहरीको १५ नम्बर गण काभ्रे र मनसुन प्रतिकार्य बेश भकुण्डेबाट सशस्त्र प्रहरीको टोलीले उक्त खोलामा फंसेका ईभी माइक्रोबसका यात्रुको उद्धार गरेको हो ।
ईभी हायसमा फंसेका ६०/६५ जना यात्रुहरूलाई डोरी र जेसीबीको माध्यमबाट उद्धार गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
नमोबुद्ध नगरपालीका–६ चौकीडाँडा र रोशी गाउँपालिका ७ चारसय बेशीस्थित रोशी खोलामा पानीको सतह बढ्न गई सडक कट्टान गरी बाटो पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
१५ नम्बर गण काभ्रे र मनसुन प्रतिकार्य बेश भकुण्डेबाट सशस्त्र प्रहरीको टोली तत्कालै उद्धारकार्यमा खटिएको डीएसपी थापाले बताए ।