पोखरा , १९ बैशाख २०८३।
कम्बोडियामा २३३ जना नेपालीलाई बन्द कोठाभित्र राखिएको जानकारी सार्वजनिक भएको छ । उनीहरूलाई अत्यन्त कष्टकर अवस्थामा राखिएको र मोबाइल फोन, नगद रकम तथा राहदानी समेत जफत गरिएको बताइएको छ ।
उक्त स्थानमा रहेका नेपालीहरूले उद्धारका लागि नेपाल सरकारसँग तत्काल पहल गरिदिन अपिल गरेका छन् । उनीहरूलाई जनावरझैँ कोचेर राखिएको दाबी गर्दै मानवीय संकट उत्पन्न भएको उल्लेख गरिएको छ ।
प्राप्त विवरणअनुसार उनीहरूलाई कम्बोडियाको फ्नोम पेन्हस्थित Cambodia Direct Aviation Helicopter Co., Ltd., GH Staff Building मा राखिएको जनाइएको छ ।
यस घटनाले विदेशमा रहेका नेपालीहरूको सुरक्षा र श्रम अवस्थाबारे गम्भीर प्रश्न उठाएको छ । सम्बन्धित निकायहरूले घटनाबारे छानबिन गरी यथाशीघ्र उद्धार प्रक्रिया अघि बढाउनुपर्ने माग गरिएको छ ।