पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री डा. रामशरण महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आदेश

पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री डा. रामशरण महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आदेश


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १७ बैशाख २०८३
  • 1.7K
    Shares

पोखरा , १७ बैशाख २०८३।`

विशेष अदालतले पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारको आरोप लागेका पूर्वअर्थमन्त्री डा. रामशरण महतको स्वास्थ्य अवस्था परीक्षण गर्न आदेश दिएको छ ।

भ्रष्टाचार मुद्दा दायर भएपछि डा. महतकी पत्नी रोशनी महतले आफ्ना पति डिमेन्सिया रोगबाट ग्रसित भएको र दुई वर्षदेखि गम्भीर मानसिक तथा शारीरिक स्वास्थ्य समस्याका कारण होश ठेगानामा नरहेको भनी विशेष अदालतमा निवेदन दिएको सन्दर्भमा बिशेष अदालतले त्यस्तो आदेश दिएको हो।

विशेष अदालतका सदस्यहरु नारायणप्रसाद पौडेल, सदस्यहरु डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलाशले दिएको उक्त आदेशमा , ‘डा. रामशरण महतको स्वास्थ्य अवस्थाको सम्बन्धमा वीर अस्पतालको मेडिकल बोर्डबाट जाँच गराइ सोको प्रतिवेदनसहित नियमानुसार प्रस्तुत निवेदन इजलाशसमक्ष पेश गर्नू ।’ भनिएको छ।

रोशनी महतले आफ्ना पति डा. महतविरुद्धको आरोपको हकमा मुद्दालाई मुल्तवीमा राख्न माग गरेकी थिइन् । मुद्दा मुल्तवीमा राख्नु भनेको त्यससम्बन्धी कुनै प्रक्रिया अघि नबढाइ थाती राख्नु हो ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १२८ मा ‘होस ठेगानामा नरहेको व्यक्तिले आफ्नो प्रतिरक्षा गर्न असमर्थ भएमा चिकित्सकहरुबाट जाँच गराइ आदेश पर्चा खडा गरी सम्बन्धित व्यक्तिविरुद्धको मुद्दा मुल्तवीमा राख्नुपर्ने व्यवस्था छ । त्यही कानुनी प्रावधान अनुसार रोशनी महतले विशेष अदालतमा निवेदन दिएकी हुन् ।

प्रतिक्रिया