पोखरा , १७ बैशाख २०८३।`
रोल्पाको थवाङस्थित जलजलामा बोलेरो जिप दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ ।
रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ ज ४१६७ नम्बरको बोलेरो जिप बिहीबार दिउँसो थवाङ गाउँपालिका- १ जलजलास्थित भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना हुँदा २० जनाको मृत्यु भएको हो । जलजलामा आयोजित वैशाख पूर्णिमाको मेलामा सहभागीहरु रहेको प्रहरीले जानकारी दिएको छ।