पाल्पामा तीन जना चढेको स्कुटर पल्टिंदा दुई जना युवतीको मृत्यु, स्कुटर चालक घाइते

पाल्पामा तीन जना चढेको स्कुटर पल्टिंदा दुई जना युवतीको मृत्यु, स्कुटर चालक घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ बैशाख २०८३
  • 1.1K
    Shares

पोखरा, १६ बैशाख २०८३

पाल्पामा तीन जना चढेको स्कुटर पल्टिंदा दुई जना युवतीको मृत्यु भएको छ भने स्कुटर चालक घाइते भएका छन्।

पाल्पाको तिनाउ-२ नुवाकोटबाट बुटवल फर्किँदै गरेको लु ३५ प ५७६६ नम्बरको स्कुटर मङ्गलवार साँझ करिब पौने सात बजे तिनाउ गाउँपालिका–२, नुवाकोटस्थित सडकदेखि करिब २५/३० मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा दुई जना युवतीको मृत्यु भएको हो भने स्कुटर चालक घाइते छन्।

उक्त दुर्घटनमा परेर गम्भीर घाइते भएका बुटवल उपमहानगरपालिका वडा नम्बर ११ कालिका नगरको राम पथ बस्ने १८ वर्षीया पूर्णिमा उचई मगर र कपिलवस्तु वाणगँगा नगरपालिका-९ भलवाडकी १९ वर्षीया निशा कुँवरलाई उद्धार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको चिकित्सकहरुले मृत घोषणा गरेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक रुद्र गिरीले जानकारी दिए।

सोहि दुर्घटनामा परेर घाइते भएका स्कुटर चालक वाणगँगा-९ कै २० वर्षीय सुमन श्रेष्ठको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्राप्त समाचारमा जनाइएको छ।

घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । वाकोट-बुटवल सडक खण्ड निकै ओरालो र घुमाउरो भएकाले यहाँ सवारी चलाउँदा विशेष सावधानी अपनाउनुपर्ने प्रहरीले बताउँदै आएको छ।

प्रतिक्रिया