कैलालीमा सशस्त्र प्रहरीका सहायक हवलदार राती विवाहित महिलाको घरमा भेटिएपछि …. …..

कैलालीमा सशस्त्र प्रहरीका सहायक हवलदार राती विवाहित महिलाको घरमा भेटिएपछि …. …..


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १५ बैशाख २०८३
  • 399
    Shares

पोखरा, १५ बैशाख २०८३।

कैलाली जिल्लाको चुरे गाउँपालिकामा सशस्त्र प्रहरीका एक सहायक हवलदार एक विवाहित महिलाको घरमा शंकास्पद अवस्थामा भेटिएको घटना सार्वजनिक भएको छ।

धनगढीमा कार्यरत सशस्त्र प्रहरीका महरा थरका सहायक हवलदार गएको बिहीबार राति चुरे गाउँपालिका वडा नं. २ खैराला क्षेत्रस्थित एक बिबाहित महिलाको घरमा भेटिएको भन्दै समाचारहरु सामाजिक सञ्जालमा भाइरल भैरहेका छन्।

सार्वजनिक समाचार अनुसार , बिहीबार राति महिलाको घरमा पुगेका सहायक हवलदार महरालाई स्थानीयले समातेर रातभर कुर्चीमा बाँधेर राखेका थिए।

ती सहायक हवलदारकी श्रीमती घटनास्थलमा पुगेपछि र वडा प्रतिनिधिको रोहवरमा गल्ती स्वीकार गरेपछि उनलाई परिवारको जिम्मा लगाइएको बताइएको छ।

उनीहरूबीच सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भई केही समयदेखि सम्पर्क रहेको बताइएको छ।

यस समाचारका बारेमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले आधिकारिक रुपमा केही बोलेको छैन।

प्रतिक्रिया