बीरगन्जको दशैं मेलामा गएराती ग्याङ्ग फाइट :एक युवाको मृत्यु, दुई जना पक्राउ

बीरगन्जको दशैं मेलामा गएराती ग्याङ्ग फाइट :एक युवाको मृत्यु, दुई जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १३ बैशाख २०८३
  • 1.4K
    Shares

पोखरा , १३ बैशाख २०८३।

बीरगन्जको दशैं मेलामा गएराती ग्याङ्ग फाइट हुँदा एक जना युवाको मृत्यु भएको छ।

दशैँ मेला चलिरहेको बेला राति करिब १२ देखि १ बजेकाे बिचमा गितामन्दिर रोडमा दुई युवा समूहबीच चक्कु हानाहान हुँदा एक युवाको मृत्यु भएको हो।

चक्कु हानाहानमा गोल्डेन नाम गरेका युवककाे शरिरकाे विभिन्न ठाउँमा चक्कु प्रहरीले अत्याधिक रक्तश्राप भई नारायणी अस्पताल लैजाँदै गर्दा बिच बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले घटनास्थल गितामन्दिर रोडलाई सिल गरी थप अनुसन्धान गरिरहेको छ भने घटनामा संलग्न दुईजनालाई पक्राउ गरि अन्य संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया