ढुंगामुढा भएपछि मनोहरामा बस्ती हटाउने काम स्थगित : कम्तीमा १२ जना प्रहरी घाइते

ढुंगामुढा भएपछि मनोहरामा बस्ती हटाउने काम स्थगित : कम्तीमा १२ जना प्रहरी घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १२ बैशाख २०८३
  • 2.4K
    Shares

पोखरा , १२ बैशाख २०८३।

अतिक्रमित संरचना भत्काउन काठमाडौं उपत्यकाको मनोहरा नदी किनार क्षेत्रमा पुगेको डोजरमाथि ढुंगामुढा भए पछि आजको काम स्थगित भएको छ ।

सो क्रममा संरचना भत्काउन पुगेको डोजरमाथि एक समूहमा आएका युवाहरू ढुंगामुढा गरेको प्रहरी स्रोतले बतायो । उक्त ढुंगामुढाका क्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीका कम्तीमा १२ जना सुरक्षाकर्मी घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

चारैतिरबाट ढुंगामुडा प्रहार भएपछि सशस्त्र प्रहरी बल (एपीएफ) टोलीले आजका लागि अभियान स्थगित गरेको जनाएको छ । त्यसपछि टोली विस्तारै पछाडि हट्दै छ ।

प्रतिक्रिया