पोखरा , १२ बैशाख २०८३।
काठमाण्डौको थापाथलीपछि तीनकुनेस्थित गैरीगाउँका सुकुम्बासी बस्तीका पक्कि घरहरु डोजर लगाएर भत्काउन शुरु गरिएको छ।
अहिले एकातिर पक्किघरहरु डोजर लगाएर भत्काइदै छ भने अर्कातिर घररटहराभित्र सामान सार्ने काम भइरहेको छ । ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रहरीले सुकुम्बासीको सामान सार्नको लागि सहयोग गरिरहेको छ । यस क्षेत्रको खोला किनारमा सुकुम्बासीहरुले पक्की घर बनाएर बसिरहेका थिए । सरकारले खाेला किनारकाे अव्यवस्थित बस्ती खाली गर्न केही दिन अघि माइकिङ गरेकाे थियाे ।
यसअघि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगर प्रहरीले संयुक्त रूपमा थापाथलीस्थित बागमती नदीकिनारमा घरटहरा हटाउन सुरु गरेका थिए। हटाउने क्रम जारी छ।