पूर्व राजा पोखरामा : गाजाबाजासहित भब्य स्वागत, लाग्यो ‘‘राजा आउ, देश बचाउ’ नारा

पूर्व राजा पोखरामा : गाजाबाजासहित भब्य स्वागत, लाग्यो ‘‘राजा आउ, देश बचाउ’ नारा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ११ बैशाख २०८३
  • 1.8K
    Shares

पोखरा , ११ बैशाख २०८३।

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आइपुगेका छन् । उनलाई समर्थकहरुले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट बाजागाजाका साथ् भब्य स्वागत गरेका छन् । उनीहरुले ‘राजा आउ, देश बचाउ’ भन्दै गणतन्त्र विरूद्ध नारा समेत लगाएका छन् ।

कम्तिमा दुई हप्ता पोखरामा बस्ने योजनाका साथ आएका पूर्व राजा ज्ञानेन्द्र लेकसाइडमा नवनिर्मित सोल्टी होटलमा बस्ने छन् । यसै बसाइका क्रममा उनले विभिन्न स्थान अवलोकन गर्ने र भेटघाट समेत गर्ने कार्यक्रम छ ।

२०८१ माघ २७ गते पोखरा भ्रमणमा आएका ज्ञानेन्द्र २ साता बसेर फर्किँदा राजावादीहरुले काठमाडौं विमानस्थलमा ठूलो शक्ति प्रदर्शन गर्दै स्वागत गरेका थिए ।

प्रतिक्रिया