पांच घण्टा सुरक्षा निकायका अधिकारीहरुसंग भेटेर निस्किएका गृहमन्त्री गुरुङको पत्रकारहरुलाई प्रश्न,”खाना त खानु भयो नि ?”

पांच घण्टा सुरक्षा निकायका अधिकारीहरुसंग भेटेर निस्किएका गृहमन्त्री गुरुङको पत्रकारहरुलाई प्रश्न,”खाना त खानु भयो नि ?”


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ९ बैशाख २०८३
  • 1.4K
    Shares

पोखराम ९ बैशाख २०८३।

 गृहमन्त्री सुधन गुरूङले सुरक्षा निकायका उच्च अधिकारीहरूसँग ५ घन्टा लामो छलफल गरेका छन् । छलफलपछि राति करिब ११ बजे गृह मन्त्रालयबाट बाहिरिँदा उनको अनुहारमा गहिरो मुस्कान थियो ।

मन्त्रालयबाहिर पर्खिरहेका सञ्चारकर्मीलाई उनले कुनै प्रतिक्रिया दिएनन् । पत्रकारले बैठकमा ‘के भयो’ भनी सोधेको प्रश्न छल्दै गुरूङले भने, ‘कति दुख पाउनुभएको तपाईँहरूले, खाना त खानुभयो नि  ?’

‘अब हाइप्रोफाइलको फाइल फेरि खुल्ने हो ’भन्ने प्रश्नमा उनी खुलेनन् । ‘बिस्तारै थाहा हुन्छ’ भन्दै पन्छिए ।

आज भएको बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलगायत सहभागी थिए । थप हाइप्रोफाइललाई पक्रिने योजनामाथि छलफल भएको बुझिएको छ।

प्रतिक्रिया