पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा भ्रमणमा आउंदै

पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा भ्रमणमा आउंदै


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ बैशाख २०८३
  • 2.6K
    Shares

पोखरा , ६ बैशाख २०८३।

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा आउने भएका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणि पाठकले आइतबार एक प्रेस नोट जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा भ्रमणमा आउन लागेको जानकारी दिएका छन्।

उक्त प्रेस नोटका अनुसार, पूर्वराजा ज्ञानेन्द्र र पत्नी कोमल राज्य लक्ष्मी देवी शाह यसै साता पोखरा जान लागेका हुन् । पोखरामा रहंदा पूर्वराजाले विभिन्न कार्यक्रम र शुभेच्छुकसँग भेटघाटमा सहभागी हुने बताइएको छ ।

यसअघि नयाँ वर्षको अवसरमा जारी गरेको शुभकामना सन्देशमा उनी बालेन शाह नेतृत्वको सरकारप्रति नरम सुनिएका थिए ।

प्रतिक्रिया