पोखरा , ६ बैशाख २०८३।
उत्तरी म्याग्दीमा पर्ने अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण हिमालमा शनिबार एकैपटक ७ विदेशी पर्वतारोहीसहित नेपाली शेर्पा गरी १५ जनाले सफल आरोहण गरेका छन् । वसन्त यामको आरोहण शुरु भएसँगै शनिबार सेभेन समिटबाट तीन फ्रान्सेली, एक क्यानेडियन सहित पांच जना आरोहीसँगे सात जना शेर्पा चुचुरोमा पुगेको सेभेट समिट ट्रेकले जनाएको छ ।
त्यसैगरी शनिबार नै विहान १०ः १५ बजे नेदरल्याण्ड र अस्ट्रे लियाली आरोहीसँगै एक शेर्पाले सफलतापूर्वक आरोहण गरेको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेजबहादुर गुरुङले जानकारी दिए । ‘
८,०९१ मिटर अग्लो रहेको संसारकै १० औं अग्लो अन्नपूर्ण हिमालमा यस याममा अन्नपूर्ण हिमाल आरोहणका लागि चार समूहका आठ महिलासहित २७ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । सन् १९५० जुन ३ का दिन पहिलो पटक मानव पाइला परेको हिमाल आरोहीको रोजाइमा पर्ने गरेको छ ।
फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वमा लुइस लचेन र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेसँगै हिमाल आरोहण शुर भएको नेपालमा पछिल्लो समय आन्तरिक पदयात्राका लागि समेत म्याग्दीको अन्नपूर्ण हिमाल निकै चर्चित छ ।
यसैबीच संसारको सातौ अग्लो धौलागिरि गाउँपालिका–४ मा रहेको ८ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल यस सिजनमा १७ जनाले अनुमति लिएका छन् । हिमाल आरोहणको सिजनमा धौलागिरी र अन्नपूर्ण हिमालको बेस क्याम्पआरोही, शेर्पा, पथप्रदर्शक, मजदुरको लामो बसाईले चहलपहल हुन्छ । Photo Source:sevensummittreks.com