काठमाडौँ, २ बैशाख २०८३ ।
पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका प्रतिवादीहरूलाई बहस नोट पेश गर्न आदेश दिएको छ ।
बुधबार न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मुद्दालाई अन्तिम सुनुवाइको चरणमा अघि बढाउँदै प्रतिवादीका कानुन व्यवसायीहरूलाई उक्त आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग दाबी गर्दै ९३ जना विरुद्ध उक्त भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
विशेष अदालतमा लामो समयदेखि विचाराधीन रहेको यस मुद्दामा अब बहस नोट पेश भएसँगै फैसलाको प्रक्रिया थप अघि बढ्ने भएको छ ।