पोखरा ,२ बैशाख २०८३।
कैलालीमा हाईस र माेटरसाइकल ठाेक्किदा माेटरसाइकलमा सवार दुई जनाकाे मृत्युु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका-७ गुलारामा मंगलबार साँझ सवा ६ बजेतिर सुपप्र ०१००१ ज १४२१ नम्बर हाईस र सुपप्र ०१०१३ प ५४३९ नम्बरको माेटरसाइकल आपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको हो।
उक्त दुर्घटनामा माेटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका-८ बस्ने ३३ वर्षीय गगन राना र २४ वर्षीय पुष्प सुनारकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुलाई तत्काल उद्धार गरेर उपचारका लागि बर्दगाेरिया अस्पताल लगिएकाेमा चिकित्सकले मृत घाेषणा गरेका प्रहरीले बताएको छ ।
दुई जना मध्ये माेटरसाइकल चालक काे थिए ? भन्ने खुल्न बाँकी थियाे । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।