मन्त्रीद्वय गुरुङ र गौतम आइजीपी कार्की निबास अचानक राती किन पुगे ?

मन्त्रीद्वय गुरुङ र गौतम आइजीपी कार्की निबास अचानक राती किन पुगे ?


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १ बैशाख २०८३
  • 3.9K
    Shares

पोखरा , १ बैशाख २०८३।

गृहमन्त्री सुधन गुरुङ र कानून मन्त्री सोविता गौतम काठमाण्डौको नक्शालस्थित प्रहरी प्रमुख दानबहादुर कार्कीको सरकारी निवास पुगेका छन् ।

पूर्वजानकारी नदिई उनीहरू पुग्दा अन्यत्र काममा रहेका प्रहरी अधिकारी पनि त्यहाँ पुगेका थिए । स्रोतका अनुसार केही व्यक्तिको पक्राउलाई कानूनसम्मत बनाउने गरी प्रहरीलाई काम लगाउने विषयमा उनीहरूले कुरा गरेको समाचार स्रोतहरुले जानकारी दिएका छन् ।

प्रहरी प्रमुख निवास पुग्नुअघि गृहमन्त्री गुरुङले अख्तियार प्रमुख प्रेम राईलाई भेटेका थिए ।

प्रहरी निवास पुग्दा गुरुङले एक्लै प्रहरी प्रमुखलाई भेट्दा कानून मन्त्री गौतम बाहिर चौरमा थिइन् । उनी केही समय चौरमै बसेर फर्किएको प्रहरीस्रोतले जनायो । सांकेतिक चित्र

प्रतिक्रिया