१५ हजार रुपियाँ घुस लिने वैदेशिक रोजगार विभागका सुब्बासाप कर्यापझयाप

१५ हजार रुपियाँ घुस लिने वैदेशिक रोजगार विभागका सुब्बासाप कर्यापझयाप


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २८ चैत्र २०८२
  • 3.4K
    Shares

पोखरा , २८ चैत २०८२।

सेवाग्रहीसंग घुस लिने वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंका एक जना सुब्बासापलाई अख्तियारको टोलीले कर्यापझयाप पारेको छ।

उक्त विभागको काठमाण्डौको ताहाचलस्थित कार्यालयको अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत नायब सुब्बा (नासु) हेमबहादुर मर्स्याङ्गीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो ।

प्राप्त विवरण अनुसार , नासु मर्स्याङ्गीले सेवाग्राहीसँग वैदेशिक रोजगारीसम्बन्धी मुद्दा मिलाइदिने बहानामा घुस माग गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी बढाएको थियो। सोहि क्रममा ताहाचलस्थित उक्त विभागको कार्यालयमा पुगेको अख्तियारको टोलीले सेवाग्राहीसंग १५ हजार रुपैयाँ घुस लिएको अवस्थामा उनलाई नियन्त्रणमा लिएको जनाइएको छ। त्यसपछि कार्यालय परिसरभित्रै गरिएको खानतलासीमा थप नगदसमेत बरामद भएको छ।

कार्यालय परिसरभित्रको शौचालयबाट १५ हजार रुपैयाँ र उनको साथबाट स्रोत नखुलेको ७७ हजार ६ सय रुपैयाँ फेला परेको अख्तियारले जनाएको छ। नगद र मोबाइल फोनसहित मस्राङ्गीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

प्रतिक्रिया