नेपाल फर्किएर कानूनी प्रक्रियालाई सघाउन देउवालाई नेपाली कांग्रेसले पत्र लेखेको महामन्त्री शर्माको खुलासा

नेपाल फर्किएर कानूनी प्रक्रियालाई सघाउन देउवालाई नेपाली कांग्रेसले पत्र लेखेको महामन्त्री शर्माको खुलासा


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २८ चैत्र २०८२
  • 3.3K
    Shares

पोखरा , २८ चैत २०८२।

नेपाली कांग्रेसले पार्टीका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवालाई नेपाल फर्किएर कानूनी प्रक्रियालाई सघाउन आग्रह गरेको छ ।

पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेशस्तरीय समिक्षा बैठकमा उपसभापति विश्वप्रकाश शर्माले देउवालाई नेपाल फर्किएर कानूनी प्रक्रियालाई सघाउन आग्रह गर्दै सन्देश पठाइएको बताए ।

“देश फर्किएर कानुनी प्रक्रियालाई सघाउन निवर्तमान सभापति शेरबहादुर देउवा र डा आरजु देउवालाई पार्टीको सुझाव छ l उहाँहरु समक्ष पार्टीको यो सन्देश हामीले पठाइ सकेका छौं,” उपसभापति शर्माले भने ।

साथै, कुनै पनि पूर्वाग्रह नराखेर अनुसन्धान र ब्यवहार गर्न सरकारलाई कांग्रेसले आग्रह गरेको पनि उपसभापति शर्माले बताए ।

प्रतिक्रिया