गोरखा सेभिङका अध्यक्षसहित चार जना पक्राउ

गोरखा सेभिङका अध्यक्षसहित चार जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २० चैत्र २०८२
  • 2.7K
    Shares

पोखरा , २० चैत २०८२।

ललितपुरको ताल्छिखेलमा सञ्चालित गोरखा सेभिङ एण्ड क्रेडिटका अध्यक्षसहित चार जना पक्राउ परेका छन्ग।

पक्राउ पर्नेमा अध्यक्ष इमानसिंह राई, सीइओद्ववय लालबहादुर क्षेत्री र अबिनकुमार राई तथा लेखा समिति सदस्य कर्णबहादुर राई रहेको छन् ।

उनीहरूलाई चैत १८ मा उपत्यकाको विभिन्न ठाउँबाट पक्राउ गरेर थप अनुसन्धानको लागी जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले जानकारी दिए।

उनीहरुबिरुद्ध बचतकर्ताको चार अर्ब पांच करोड ६० लाख ६८ हजार रुपैयाँ अपचलन गरेको आरोप लगाइएको प्रहरीले जानकारी दिएको छ।

अभियुक्तहरुविरुद्ध चार दिनको म्याद लिएर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । सो सहकारीमा १० हजार ५९८ जना बचतकर्ता छन् ।

प्रतिक्रिया