बागलुङको ताराखोलामा भेट्टिए, दुई थान नक्कली नोट

बागलुङको ताराखोलामा भेट्टिए, दुई थान नक्कली नोट


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १९ चैत्र २०८२
  • 2.3K
    Shares

बागलुङको ताराखोलामा भेट्टिएको दुई थान नक्कली नोट

पोखरा , १९ चैत २०८२।

बागलुङको ताराखोलामा पनि नक्कली नोट भेट्टिएको छ।

ताराखोला गाउँपालिका वडा नं. ३ स्थित प्रभु बैंकको घुस्मेली शाखामा बुधबार एक ग्राहकले रकम जम्मा गर्ने क्रममा १,००० रुपैयाँ दरका दुई थान नक्कली नोट भेट्टिएका हुन्।

यसअघि एक हजार रुपियाँ दरका नक्कली नोट कारोबार गरेको आरोपमा बागलुङबाट अधिवक्ता यामबहादुर चर्माकार एक हजार रुपियाँका झ ७९१६९०३३ नम्बरको एउटै नम्बरका १७ वटा नक्कली नोटसहित पक्राउ परेका थिए।

बागलुङबजारस्थित एक मेडिकल पसलमा औषधि किन्न दिएको एक हजार रुपियाँ दरको नक्कली नोटसहित उनी पक्राउ परेका थिए।

अभियुक्त चर्माकारबिरुद्ध सोमबार जिल्ला अदालत बागलुङबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको पनि प्रहरीले बताएको छ। बागलुङ बजारमा १८ वटाभन्दा बढी एक हजारका एउटै नम्बरका नोट फेला परेका थिए।

प्रतिक्रिया