नेपालगन्जमा आधा जलेको अवस्थामा भेटिएकी युवतीको खुल्यो पहिचान

नेपालगन्जमा आधा जलेको अवस्थामा भेटिएकी युवतीको खुल्यो पहिचान


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १५ चैत्र २०८२
  • 3.6K
    Shares

पोखरा , १५ चैत २०८२।

नेपालगन्जमा आधा जलेको अवस्थामा आज बिहान मृत भेटिएकी युवतीको पहिचान खुलेको छ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरस्थित सडकमा आज बिहान आधा जलेको अवस्थामा भेटिएकी युवती स्थानीय गीता भनेर चिनिने सृजना बुढा मगर रहेको खुलेको छ।

तीन वर्षको बच्चाको आमा रहेकी सृजनालाई उनको श्रीमान र परिवारले मिलेर जिउदै जलाएर सड्कमा फालेको गीताको परिवारले आरोप लगाएका छन् । अद्यापि यस बारेमा प्रहरीले आधिकारिक रुपमा केही जानकारी दिएको छैन।

घटनास्थल प्रहरी बिट नजिकै भए पनि घटना कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। स्थानीय बासिन्दाले उनलाई जिउँदै आगो लगाइएको हुनसक्ने आशंका गरेका छन्।

प्रतिक्रिया