एमाले अध्यक्ष ओली पनि एकाबिहानै भक्तपुरस्थित निवासबाटै पक्राउ

एमाले अध्यक्ष ओली पनि एकाबिहानै भक्तपुरस्थित निवासबाटै पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १४ चैत्र २०८२
  • 2.9K
    Shares

पोखरा , १४ चैत २०८२।

नेकपा एमालेका अध्यक्ष एबम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको गुण्डुस्थित आफ्नै निवासबाट पक्राउ परेका छन् । उनलाई पराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोलीले जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरेको हो। उनलाई पक्राउ गर्न रातिदेखि नै प्रहरी टोली ओली निवास गुण्डु पुगेको थियो ।

ओली नेतृत्वमा सरकार रहेका बेला भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । ७६ जनाको ज्यान जानेगरी भएको आन्दोलनको मुख्य दोषी ओलीलाई ठहर गरेको  छ ।  पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेलगत्तै दोषी ठहर गरेलगत्तै ओलीलाई पक्राउ गर्न प्रहरी निवासमै पुगेको हो ।

प्रतिक्रिया