पोखराका यी क्षेत्रहरुमा मंगलबार बिहान एक घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने

पोखराका यी क्षेत्रहरुमा मंगलबार बिहान एक घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ९ चैत्र २०८२
  • 3.5K
    Shares

नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्र

पोखरा, ९ चैत २०८२।

नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्र मालेपाटनले मंगलबार बिहान पोखराका दुई फिडर एक घण्टा बन्द हुने जनाएको छ ।

प्राधिकरणले आज एक सार्वजनिक सुचना जारी गरेर मंगलबार बिहान ९ बजे देखि १० बजेसम्म ११ केभी शहिदचोक र बैदाम फिडर सटडाउन गरिने जानकारी दिंदै एक घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने  जानकारी दिएको हो ।

पोखरा ग्रीड महाशाखा अन्तर्गत कुँडहर १३२/११ केभी सबस्टेशनभित्र रहेका ११ केभी फिडरहरूको प्यानलमा जडित प्रोटेक्सन रिले परीक्षण तथा प्यानल ओभरहोलिङ कार्य गर्न लागिएको हो । साथै, पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना (अन्डरग्राउण्ड) अन्तर्गत पोल इरेक्शन कार्यसमेत सोही समयमा गरिने प्राधिकरणले  जानकारी दिएको छ ।

प्राधिकरणले यसबाट पर्न सक्ने असुविधाप्रति ग्राहकसँग क्षमायाचना गर्दै काम चाडै सम्पन्न भएमा निर्धारित समयभन्दा अगाडि नै विद्युत सेवा सुचारु गरिने बताएको  छ।

उपरोक्त सम्बन्धमा पोखरा ग्रीड महाशाखा अन्तर्गत कुँडहर १३२/११ के भि सव स्टेशन भित्र रहेका ११ के भि फिडरहरूको Panel मा जडित Protection Relay Testing तथा Panel Overhauling कार्यको लागि

तथा

पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना (Underground) को Pole Erection कार्यको लागि भोलि मिति २०८२-१२-१० गते मंगलबार बिहान ०९:०० बजे देखी १०:०० बजे सम्म ११ के.भी. सहिदचोक र बैदाम फिडर सटडाउन गरि कार्य गरिने सम्पुर्ण ग्राहक महानुभावहरूमा जानकारी गरिन्छ।

यसबाट पर्ने असुविधा प्रति नेपाल विद्युत प्राधिकरण सम्पूर्ण ग्राहकहरू प्रति क्षमा प्रार्थी छौं।

साथै कार्य चाँडै सम्पन्न भएमा सोही अनुसार लाईन चाँडै सुचारु गरिने व्यहोरा समेत अनुरोध छ।

नेपाल विद्युत प्राधिकरण

पोखरा वितरण केन्द्र

मालेपाटन ।

प्रतिक्रिया